दफा
दर्ता गर्न इन्कार गर्न सकिने
: पञ्जिकाधिकारीले देहायका अवस्थामा ट्रेड यूनियन दर्ता गर्न इन्कार गर्न सक्नेछ ः-
(क) दरखास्तसाथ आवश्यक विवरणहरु संलग्न नभएमा,
(ख) सम्बन्धित प्रतिष्ठानको कम्तीमा २५ प्रतिशत कामदार सदस्य नभएको प्रतिष्ठानस्तरको ट्रेड यूनियन भएमा,
(ग) ट्रेड यूनियनको नाम पहिले दर्ता भएको कुनै ट्रेड यूनियनको नामसंग मिल्ने भएमा,
(घ) ट्रेड यूनियनको विधानमा दफा १० मा लेखिएको विवरणहरु समावेश नगरिएको भएमा ।